Logo १९ चैत्र २०८२, बिहिबार | Thu Apr 2 2026


संकटाले सशस्त्रसित पराजय व्यहोर्दै ‘ए’ डिभिजन लिग सकायो


0
Shares

काठमाडौं, पुस २३ । उपविजेता संकटा क्लबले सशस्त्र प्रहरीको एपीएफ क्लबसँग पराजय व्यहोर्दै सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल सकाएको छ ।

आफ्नो अन्तिम खेलमा सोमबार संकटा २–१ ले पराजित भयो ।

सशस्त्रलाई जिताउन २४औं मिनेटमा युवराज खड्का र ७१औं मिनेटमा राजन गुरुङले एक/एक गोल गरे ।

संकटाका लागि लक्ष्मण रुचालले इन्जुरी समयमा एक सान्त्वना गोल फर्काएका थिए ।

यो हारपछि पनि संकटा उपविजेतामै सुरक्षित रहँदा सशस्त्रले पाँचौं स्थानमा रहेर लिग सकाएको छ ।

मनाङ–मर्स्याङ्दी क्लब च्याम्पियन भइसक्दा थ्रीस्टार क्लबले तेस्रो तथा त्रिभुवन आर्मी क्लबले चौथो भएर लिग सकाएको छ ।

लिग मंगलबार सकिँदै

जारी लिग मंगलबार सकिँदैछ । अन्तिम दिन दुई खेल हुँदैछन् । दिउँसो २ बजे मनाङले फ्रेन्ड्स क्लबसित तथा न्यूरोड टिम (एनआरटी)ले ब्रिगेड ब्वाइज क्लब (बीबीसी)सित खेल्ने कार्यक्रम छ ।

विजेताले ५० लाख, उपविजेताले ३५ लाख तथा तेस्रो हुने टिमले २५ लाख रुपैयाँ प्राप्त गर्नेछन् ।

योपटक कुनैपनि टिम ‘रेलिगेसन’मा पर्ने छैनन् । हरेक विधाका उत्कृष्टले पुरस्कार पाउनेछन् । त्यसैगरी, ‘फेयर प्ले’ टिमले पनि पुरस्कर पाउनेछ ।