Logo ९ भाद्र २०८३, मंगलबार | Tue Aug 25 2026


फास्ट ट्रयाकबाट राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पारित गर्ने सरकारी तयारी


0
Shares

काठमाडौं, असार १७ । सरकारले फाष्ट ट्रयाकबाट राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पारित गर्ने तयारी गरेको छ ।

गत शुक्रबार संघीय संसद् सचिवालयमा दर्ता गराएको सो विधेयक सरकारले आज प्रतिनिधिसभामा पेश गर्ने तयारी गरेको छ । आजै एकल कार्यसूचीसहित सो विधेयक प्रस्तुत गर्ने तयारी छ ।

चिकित्सा शिक्षा सुधारको माग राख्दै त्रिवि शिक्षण अस्पतालका चिकित्सक प्राध्यापक डा. गोविन्द केसी १५ औं पटक अनशन बसेको एक दिन पछि नै उनको माग विपरितका प्रावधान समेट्दै सरकारले विधेयक पारितको प्रक्रिया अगाडि बढाएको हो ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणी पोखरेलले आजको बैठकमा विधेयक प्रस्तुत गर्ने तयारी गरेका छन् ।

प्रतिनिधिसभा नियमावली २०७५ को नियम २५० को उपनियम १ मा कुनै पनि विधेयकमाथि संशोधन दर्ताको समय ७२ घण्टा हुने उल्लेख छ ।

लामो रस्साकस्सी पछि बनेको प्रतिनिधिसभा नियमावली मिच्दै सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका मुख्य सचेतक देव गुरुङले सो नियमावली निलम्बनको प्रस्ताव समेत आजैको बैठकमा प्रस्तुत गर्ने संसद सचिवालयले जनाएको छ ।

७२ घण्टाको समयसीमा हटाउँदै सरकारले एक दुई दिनभित्रै विधेयक पारितको प्रक्रिया अगाडि बढाएको हो ।

Skip This