Logo २ असार २०८३, मंगलबार | Tue Jun 16 2026


पदावधि सकिनै लाग्दा सांसदले बाँडे १० अर्ब


0
Shares

आफ्नो पदावधि सकिनैलाग्दा अन्तिम समयमा सांसदले निर्वाचन क्षेत्र पूर्वाधार कार्यक्रम र संसद् विकास कोषको बजेट बाँडेका हुन् ।

निर्बाचनको मुखमा योजना सिफारिस गर्दा आचारसंहिता उल्लघंन हुने भए पनि आफू र आफ्नो पार्टीका उम्मेदवारलाई मत माग्न सजिलो हुनेगरी उनीहरुले योजना पेस गरेका छन् ।

शनिबार मध्यरातमा पदावधि सकिएका ९३ सांसदले त्यसअघि नै योजना सिफारिस गरेका हुन्। कतिपयले पुरानो मिति राखेर आइतबारै बैठक बसी बजेट बाँडफाँड गरेको पाइएको छ।

निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रममा २४० क्षेत्रमा तीन करोड रुपैयाँका दरले सात अर्ब २० करोड रुपैयाँ बिनियोजन भएको छ ।

यस्तै पाँच सय ९३ सांसदले विकास कोषको ५० लाखका दरले २ अर्ब ९६ करोड रुपैयाँ विनियोजन भएको छ ।

हाल पेस भएका योजना आगामी वर्षमात्र कार्यान्वयन हुने भएपनि सांसदको लबिङमा सरकारले असोज मसान्तसिम्म योजना छनोट गरेर पेस गर्नुपर्नेगरी कार्यविधि संसोधन गरेको थियो । –नागरिक दैनिकबाट