काठमाडौं । युएईमा जारी एसिया कप फुटबलमा भारतले विजयी सुरुआत गरेको छ ।
गएराति भएको खेलमा भारतले थाइल्याण्डमाथि ४–१ को सहज जित निकालेको हो ।
भारतको जितमा कप्तान सुनिल क्षत्रीले २ तथा अनिरुद्र थापा र जेजे लाल्पेखुलालेएक एक गोल गरे ।
एसिया कप फुटबलमा हिजै जोर्डनले साविक विजेता अष्ट्रेलियामाथि १–० को जित निकाल्दा सिरिया र प्यालेस्टाईनले गोलरहीत बराबरी खेलेका छन् ।
एसिया कप फुटबलमा आज तीन खेल हुनेछन् । आज चीन र कीर्गिस्तान भिड्दा दक्षिण कोरिया र फिलिपिन्स तथा ईरान र यमन भिड्नेछन् ।








प्रतिक्रिया दिनुहोस्