२० असार २०८२, शुक्रबार | Sat Jul 5 2025


काठमाडौंमै पाराग्लाइङिङ (भिडियो)


0
Shares

तर, अहिले विदेशी पर्यटकसँगै राजधानीवासीले पनि काठमाडौं पाराग्लाइडिङमार्फत् त्यो चाहनालाई पूरा गर्न सक्छन् ।

धेरैलाई काठमाडौंमा पनि पाराग्लाइडिङ सम्भव छ भन्ने जानकारी छैन । प्रचार अभाव यसको कारण हुनसक्छ । तर, दुई/दुई ठाउँबाट विदेशी पर्यटकसँगै राजधानीवासीका लागि काठमाडौं पाराग्लाइडिङले उडान भर्ने गरेको छ ।

ललितपुरको गोदावरीमा एक दशकयता यो रोमान्चित खेल सुरु गरे पनि संखरापुर नगरपालिकामा भने चार वर्षमात्र भएको छ ।

पाराग्लाइडिङका लागि इच्छा राख्ने जो–कोहीले काठमाडौंको ठमेलमा रहेको कार्यालयमा सम्पर्क गरी रोमान्चित खेलको मज्जा लिन सक्छन् ।

राजधानी काठमाडौंदेखि करिब ३० किलोमिटर उत्तरपूर्वी पहाडी क्षेत्र, जहरसिंहपौवा पुगेर आकाशमा उड्ने व्यवस्था पनि उनीहरुले नै मिलाउने गरेका छन् ।

नागरिक उड्ययन प्राधिकरण तथा संखरापुर नगरपालिकासँगको समन्वयमा स्थानीय युवाहरुले पाराग्लाइडिङ सुरु गरेका हुन् ।

सुरुमा भारतमा पुगेर ग्लाइडर उडाउन सिकेका उनीहरुले आफ्नै गाउँठाउँमा पाराग्लाइडिङ गराइरहेका छन् ।

यो ठाउँ पाराग्लाइडिङको लागिमात्र नभएर गणेश हिमशृंखला दृश्यावलोकनका लागि पनि उत्कृष्ट गन्तव्यस्थल हो ।

लप्सीफेदी, जहरसिंहपौवा भएर चिसापानी हाइकिङ र भोटेचौरको चियाबगान पनि घुम्न सकिन्छ ।

भिडियो हेर्नुहोस्