२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


तिहार आइसक्दा पनि बिकेन माटोको भाँडा (भिडियो)


0
Shares

नेपालीहरुको दोस्रो ठुलो चाड तिहारमा अत्याधिक खपत हुने माटोका सामाग्रीहरु बिक्नै छाडेपछि कोहारहरुको पेशा संकटमा परेको हो । माटोको सामाग्रीलाई बिस्थापित गरी प्लाष्टिकका झालर, मैनबत्तीप्रति सर्वसाधारणको आकर्षण बढेपछि उनीहरु चिन्तित बनेका हुन् ।

तिहारलाई लक्षित गरी एक महिना अघिदेखि माटोका दियो लगायतका सामग्री तयार गरी बसेका कोहार र कसखड जातिहरु यतिबेला निराश बनेका छन् ।

अहिलेको बिक्रीले परिश्रम र ज्याला नै उठाउन मुस्किल परेको उनीहरुको दुखेसो छ । तिहारको बेला बत्ती बाल्न प्रयोग गरिने दीयो, खुत्रुके, गमला, गाग्रीलगायतका सामाग्री अहिले न्यून मात्रामा बिक्ने भएकाले अहिलेको बिक्रीले परिश्रम र ज्याला नै उठाउन मुस्किल परेको उनिहरु बताउँछन् ।

विस्तृत रिपोर्टका लागि भिडियो हेर्नुहोस्