२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


फूलैफूलको पर्वमा कृत्रिम फूलको प्रयोग बढ्दो


0
Shares

पाँचथरको सदरमुकाम फिदिममा प्राकृतिक फूलभन्दा कृत्रिम फूलप्रति सर्वसाधारणको आकर्षण बढेको छ । फिदिम बजारका विभिन्न कस्मेटिक पसलमा कृत्रिम फूल किन्नेहरुको भिड नै लाग्न थालेको छ ।

प्लास्टिकको फूल भारतबाट आयात हुने गरेको व्यवसायी बताउँछन् ।

पाँचथरका अधिकांश स्थानमा सयपत्री, मखमली, गोदावरीलगायत फूल उत्पादन हुने भए पनि सर्वसाधारणको आकर्षण नक्कली फूलतर्फ बढ्दै गएको हो ।

तिहारको यो सिजनमा मात्रै सदरमुकामबाट ४ लाख रुपैयाँभन्दा बढीको प्लास्टिकका फूल बिक्ने व्यवसायीको अनुमान छ ।