२८ असार २०८२, शनिबार | Sun Jul 13 2025


सरकारबाट नहट्ने माओवादीको निर्णय, ‘निर्वाचन सार्ने षड्यन्त्र भयो’ (भिडियो)


0
Shares

सरकार निर्वाचन सार्ने षड्यन्त्रमा लागेको भन्दै माओवादी केन्द्रका नेता एवं गृहमन्त्री जनार्दश शर्माले तत्कालका लागि सरकारबाट बाहिरिने निर्णय स्थगित गरिएको जानकारी दिए ।

मंगलबार गृह मन्त्रालयमा पत्रकार सम्मेलन गरी गृहमन्त्री शर्माले आफ्नो पार्टीले सरकारबाट बाहिरिने निर्णय गरेलगत्तै ‘निर्वाचन आयोग स्रोतले निर्वाचन सार्ने खेल भइरहेको सूचना दिएकाले’ सरकार छाड्ने निर्णयबाट पछि हटेको जिकिर गरे ।

आपूmहरुलाई यथास्थितिको जिम्मेवारीमा राख्ने वा बिनाविभागीय बनाउने अधिकार प्रधानमन्त्रीसँग रहेको भन्दै उनले निर्वाचनको ग्यारेन्टी नभएसम्म सरकार नछाड्ने बताए ।

यसैबीच, माओवादी केन्द्रको तर्फबाट सरकारको नेतृत्व गरिरहेका उपप्रधान एवं परराष्ट्रमन्त्री कृष्णबहादुर महराले निर्वाचनको सुनिश्चितताका लागि देउवा नेतृत्वको सरकारलाई दिएको समर्थन थयावत् रहेको बताएका छन् ।

परराष्ट्र मन्त्रालयमा मंगलबारै पत्रकार सम्मेलन गरी महराले सरकारलाई दिएको समर्थन यथावत् रहेको र सरकारबाट पनि नबाहिरिने बताए ।

भिडियो हेर्नुहोस्