
निष्कासित हुनेमा पोलिटब्युरो सदस्य हिक्मतबहादुर देउवा, गंगाप्रसाद चौधरी र वीरेन्द्र थपलिया तथा केन्द्रीय सदस्य सीता महत देउवा रहेका छन् ।
उनीहरुलाई पार्टीको एकताविपरीत गुटबन्दी र फुटपरस्त गतिविधिमा सक्रिय रहेको भन्दै पार्टी सदस्यसमेतबाट निष्कासन गरिएको सो पार्टीले जनाएको छ ।
पार्टीका महासचिव सीपी मैनालीको अध्यक्षमा मंगलबार बसेको बैठकले उनस्हरुलाई पार्टी विधानको धारा १, २, ३, ४ र ५ बमोजिम कारबाही गर्दै पार्टीका सबै जिम्मेवारीबाट पदच्यूत गरी पार्टी सदस्यबाटसमेत निष्कासित गरेको हो ।
‘पार्टी अस्तित्व नरुचाउने परचक्रीले चलाएको निराधार र कपोलकल्पित हल्लामा नलाग्न समस्त पार्टी पंक्तिलाई आह्वान गर्दछ’–सो पार्टीले मंगलबारजारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
महासचिव मैनालीले आशन्न निर्वाचनमा हाल अन्य कुनै दलसँग सहकार्य र एकीकरणसम्बन्धी निर्णय भइनसकेको सन्दर्भमा आफखुसी अन्य पार्टीसँग वार्ता गरी पार्टी फुटाउने गतिविधि गरेको आशंकामा उनीहरुलाई निष्कासन गरिएको जानकारी दिए । रासस
प्रतिक्रिया दिनुहोस्