२० असार २०८२, शुक्रबार | Sat Jul 5 2025

सडक दुर्घटनामा कतारमा एक नेपालीको मृत्यु

0
Shares

मृत्यु हुनेमा सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–४ बस्ने २७ वर्षीय विमलेश मण्डल रहेको स्थानीय शैलेन्द्र सिंहले जानकारी दिए । मण्डल ६ महिना अगाडि रोजगारीको लागि कतार गएका थिए ।

उनको गएराति अज्ञात सवारी साधनले ठक्कर दिँदा मृत्यु भएको र गाडीको नम्बर खुल्न नसकेको बताइएको छ ।

सप्तरीकै किसुन मण्डलको सहयोगमा अलि ओभरसिज इटहरीमार्फत २०७३ चैत महिनामा उनी कतार गएका थिए । उनको शव नेपाल ल्याइदिनको लागि सम्बन्धित निकाय र नेपाल सरकारलाई परिवारले आग्रह गरेका छन् । रासस

सडक दुर्घटनामा कतारमा एक नेपालीको मृत्यु

राजविराज, कात्तिक १ । वैदेशिक रोजगारीको लागि सप्तरीबाट कतार गएका एक नेपालीको सडक दुर्घटनामा परी मृत्यु भएको छ ।