१० असार २०८२, मंगलबार | Wed Jun 25 2025


निर्वाचनबारे आयोगले गरायो कूटनीतिक नियोगलाई जानकारी


0
Shares

आयोगको कार्यालय कान्तिपथमा बुधबार प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले मंसिरमा हुने निर्वाचन तयारीकाबारेमा जानकारी गराएका हुन् ।

त्यसक्रममा कूटनीतिक नियोगका प्रतिनिधहरुले नियोगहरुलाई निर्वाचन अनुगमन गर्न नदिएको, स्थानीय तह निर्वाचनमा बदर मतको संख्या बढी भएको, आचारसंहिता उल्लंघन भइरहेकोलगायतका विषयमा चासो राखेका थिए ।

जवाफमा प्रमुख निर्वाचन आयुक्त यादवले निर्वाचनको कार्यक्रम तालिकाअनुसार अघि बढिरहेको, आचारसंहिता उल्लंघनका घटनालाई कम गर्न र बदर मतसंख्यालाई कम गर्न आयोग संवेदनशील रहेको बताए ।

उनले नियोगहरुलाई निर्वाचन अनुगमन गर्न दिने विषयमा परराष्ट्र मन्त्रालयमार्फत् जानकारी गराउने आश्वासन पनि दिए ।