
पहिलो चरणको प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारीबारे जानकारी दिन बुधबार निर्वाचन आयोगमा गरिएको पत्रकार सम्मेलनमा उनले ‘बाहिर आएका हल्ला गलत हुन्’ भन्दै तोकिएकै समयमा निर्वाचन हुने बताए ।
मतपत्रका विषयमा सर्वोच्च अदालतले बुधबारै गरेको फैसलाले तोकिएकै समयमा निर्वाचन गराउन झन् बल पुगेको भन्दै यादवले पहिलो चरणको निर्वाचन हुने ३२ जिल्लामा आगामी कात्तिक ५ गते प्रत्यक्षतर्फको मनोनयन दर्ता हुने बताए ।
निर्वाचन आयोगले पहिलो चरणको निर्वाचनका लागि १० हजार ६७१ निर्वाचनस्थलमा १९ हजार ८०९ ओटा मतदानस्थल तोकेको छ ।
निर्वाचन आयोगले आगामी मंसिरमा हुने प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि १ करोड ८० लाख मतपत्र छपाइ गर्नुपर्नेमा ९० लाखभन्दा बढी मतपत्र छापिसकेको पनि जनाएको छ ।
प्रत्यक्षतर्फको मतपत्र छपाइ भने आगामी कात्तिक ८ गतेबाट सुरु हुने आयोगले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्