२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


सुनको भाउ २०० ले घट्यो


0
Shares

अन्तर्राष्ट्रिय बजार पच्छ्याउँदै यसदिन स्थानीय बजारमा छापावाल सुनको मूल्यमा तोलामा २०० रुपैयाँले कमी आएर तोलाको ५६ हजार ३०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सुनको मूल्य मंगलबार तोलामा १०० रुपैयाँले घटेर तोलाको ५६ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

बुधबार चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँले घटेर तोलाको ७७० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा बुधबार साँझसम्म सुन प्रतिऔंस अघिल्लो दिनको तुलनामा १० डलर बराबरले कमी आइ १२ सय ८० डलर हाराहारीमा कारोबार भएको थियो ।