२९ असार २०८२, आइतबार | Sun Jul 13 2025


युरोपमा नेपाली खानाको प्रबद्र्धन गरिने


0
Shares

नेपाली खानामार्फत् नेपालको पर्यटन प्रबद्र्धनमा सहयोग पुर्‍याउने उद्देश्यले युरोपमा नेपाली खानाको महोत्सव पनि गरिने जनाइएको छ ।

युरोप क्षेत्रमा नेपाली परिकारको प्रबद्र्धन कसरी गर्ने भन्ने विषयमा नेपाल पर्यटन बोर्डले बुधबार राजधानीमा गरेको कार्यक्रममा सबैको सहयोगमा नेपाली खानाको प्रबद्र्धन गर्न सकिने बताइएको हो ।

पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले नेपालीले करिब २ हजार रेस्टुरेन्ट विदेशमा सन्चालन गरिरहेको भन्दै ती रेस्टुरेन्टबाट नेपाली खानाको प्रबद्र्धन गर्न सकिने बताए ।

विदेशमा नेपाली खानाको परिकारमार्फत् नेपालको पर्यटन प्रबद्र्धन गर्न बोर्डले जस्तोसुकै सहयोग गर्न तयार रहेको उनले बताए ।

उनले ‘चुलो नेपाल’ कार्यक्रममार्फत् खानाको प्रबद्र्धन गर्न बोर्डले कार्यक्रम नै बनाएको जानकारी पनि गराए ।

‘भिजिट नेपाल युरोप २०१७’ का संयोजक दिपेश शाक्यले नेपाली खानाको प्रबद्र्धन गर्न नेपाली खाना महोत्सव गर्न लागिएको जानकारी दिए ।

युरोपका विभिन्न ठाउँमा नेपाली पर्यटनको प्रबद्र्धन गर्दै आएका शाक्यले युरोपमा रहेका नेपाली राजदूतावास, गैरआवासीय नेपाली, पर्यटन बोर्डलगायतको सहयोग एवं सहकार्यमा खानाको प्रबद्र्धन गर्न सकिने बताए ।