Logo ३० असार २०८३, मंगलबार | Tue Jul 14 2026


नयाँ डीभी कार्यक्रम खुला, पहिले आवेदन दिएकाले फेरि आवेदन दिनुपर्ने


130
Shares

यसअघि नै डीभीका लागि आवेदन फारम खुला गरिएपनि इडीभी वेबसाइटमा प्राविधिक त्रुटि आउँदा बीचमा बन्द भएको थियो ।

सन् २०१९ को डीभी कार्यक्रमका लागि नयाँ डीभी फारम भर्ने समय कात्तिक १ गते बुधबार राति ९ः४५ बजेदेखि आगामी मंसिर ६ गते बुधबार राति १०ः४५ बजेसम्म कायम गरिएको काठमाडौंस्थित अमेरिकी दूतावासले जनाएको छ ।

यो वर्षको डीभी कार्यक्रमका लागि कात्तिक १ अगावै आवेदन फारम भर्नेहरुले पनि फेरि आवेदन दिनुपर्नेछ । यो मितिभन्दाअघि आवेदन भर्दा दिइएको कन्फर्मेसन नम्बर काम नलाग्ने दूतावासले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

डीभीको नयाँ आवेदन अवधिमा एकपल्टभन्दा धेरैपटक आवेदन दिएमा आवेदक अयोग्य ठहरिने पनि जनाइएको छ ।

अमेरिकी दूतावासको विज्ञप्ति पढ्नुहोस्