२१ असार २०८२, शनिबार | Sat Jul 5 2025


पाल्पामा उत्पादित सिन्कामरी झिनियाँ रोटीको व्यापार बढ्यो (भिडियो)


0
Shares

रोटीको परिकारकारुपमा चिनिँदै आएको सिन्कामरी झिनियाँ रोटीले धेरैलाई लोभ्याउने गरेको छ ।

पाल्पाको तानसेनमा बनेको सिन्कामरी झिनियाँ रोटी देशभर लोकप्रिय बन्दै गएको छ । तानसेनका गल्ली र चोकचोक झिनियाँ रोटीले ढाकेको छ ।

सदरमुकाम तानसेनमा झिनियाँ रोटी खरिद–बिक्री गर्नेहरुको भीड बढेको छ । झिनियाँ रोटीकै कारण तानसेनका सयौं महिलाले घरमै बसिबसी रोजगारी पाएका छन् ।

तानसेन बजारमा सबैजसो पसलमा रंगीबिरंगी सिन्केरोटी राखिएका छन् । तानसेन बजारको नेवारी समुदायमामात्र बढी चलन–चल्तीमा रहेको सिन्कामरी झिनियाँ रोटी पछिल्लो समय भने अन्य समुदायमा पनि लोकप्रिय बन्दै गएको छ ।

अहिले यो रोटीको माग देशका विभिन्न स्थानबाट आउन थालेको छ । झिनियाँ रोटीको प्रयोग बढ्दै गएपछि रोटी बनाउनेहरुको व्यस्तता बढेको छ ।

बिहानदेखि साँझसम्म झिनियाँ रोटी बिक्री गर्दै आएको व्यापारीहरुले बताएका छन् । झिनियाँ रोटी सस्तो पनि भएकाले सबैको रोजाइमा पर्ने गरेको छ ।

पाल्पामा बाह्रै महिना झिनियाँ रोटीको व्यापार हुने भएपनि तिहारमा भने बढी व्यापार हुने गरेको व्यापारीहरु बताउँछन् ।

विस्तृत् भिडियोमा हेर्नुहोस्