
प्रधानमन्त्री निवास बालुवाटारमा निर्वाचन आयोगका पदाधिकारीसँगको भेटमा प्रधानमन्त्री देउवाले तोकिएकै मितिमा चुनाव गर्न आयोगलाई आवश्यक पर्ने सबैखाले सहयोग उपलब्ध गराउने प्रतिबद्धता जनाएका हुन् ।
निर्वाचन स्वच्छ, स्वतन्त्र र निष्पक्षरूपमा सञ्चालन गर्न आयोगबाट भइरहेको तयारीप्रति सन्तोष व्यक्त गर्दै प्रधानमन्त्री देउवाले निर्धक्कसँग चुनावको काममा खट्न आयोग पदाधिकारीलाई सुझाव दिए ।
प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले मंसिर १० र २१ गते प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चुनाव एकैपटक दुई चरणमा सम्पन्न गर्न कार्यतालिका अनुरुप नै काम गरिरहेको जानकारी दिएका थिए ।
भेटमा निर्वाचन आयुक्तहरू इला शर्मा, नरेन्द्र दाहाल, ईश्वरीप्रसाद पौडेल र सुधीरकुमार शाह तथा आयोगका सचिव बेगेन्द्रराज शर्मा सहभागी थिए ।
प्रतिक्रिया दिनुहोस्