११ असार २०८२, बुधबार | Wed Jun 25 2025


समानुपातिक र समावेशी सिद्धान्तको मूलमर्मलाई ध्यान दिनोस् : प्रमुख आयुक्त


0
Shares

शुभदीपावली, छठ पर्व तथा नेपाल संवत्, ११३८ को उपलक्ष्यमा दिएको शुभकामना सन्देशमा उनले भनेका छन्–‘उम्मेदवारी मनोनयन दर्ता गर्दा र निर्वाचन प्रसार–प्रसारमा रहँदा शान्तिपूर्ण र आचारसंहिताको पूर्णपालना गर्न/गराउन आयोग सबै राजनीतिक दल तथा उम्मेदवारहरुसँग हार्दिक अनुरोध गर्दछ ।’

आगामी प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा उम्मेदवारी छनोट गर्दा संविधानको भावनाअनुरूप समानुपातिक र समावेशी सिद्धान्तको मूलमर्मलाई ध्यान दिनसमेत राजनीतिक दलहरुलाई प्रमुख निर्वाचन आयुक्त डा. यादवले सुझाव पनि दिएका छन् ।

पहिलो चरणमा प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि ३२ जिल्लामा कात्तिक ५ गते पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फको उम्मेदवारको मनोनयन दर्ता गर्ने कार्यक्रम रहेको छ ।

उनले सन्देशमा भनेका छन्–‘नयाँ संघीय संरचनाअनुसार सात प्रदेशका ७७ जिल्लाका कुल ७५३ ओटा स्थानीय तहको निर्वाचन सम्पन्न भइ लोकतन्त्रको बलियो जग खडा भएको छ । अब प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन सम्पन्न गरेर संघीय लोकतान्त्रिक गणतन्त्रको सुन्दर र समृद्ध देश निर्माण गर्नुछ ।’

स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण मतदातामा दीपावली, छठपर्व तथा नेपाल संवत्, ११३८ को उपलक्ष्यमा सुख, शान्ति, समृद्धि र सु–स्वास्थ्यका लागि आयोगको तर्फबाट उनले हार्दिक शुभकामना व्यक्त गरेका छन् । रासस