३० श्रावण २०८२, शुक्रबार | Fri Aug 15 2025


‘सामाजिक सद्भावका लागि एक–अर्काको अस्तित्व महसुस गर्नुपर्छ’


0
Shares

काठमाडौं, पुस २१ । सामाजिक सदभाव कायम गर्न सबैले एकार्काको धर्मप्रति सम्मान प्रकट गर्नुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् ।

धर्मशान्ति नेपालले शनिबार काठमाडौंमा गरेको अन्तरक्रिया कार्यक्रममा सहभागी हिन्दु, बहाइ, इसाइ, मुस्लिम, जैन र इस्लामधर्मका धर्मगुरुहरुले सामाजिक सद्भावका लागि एक–अर्काको अस्तित्व महसुस गर्नुपर्ने बताए ।

कार्यक्रममा धर्मशान्ति नेपालकी अध्यक्ष इन्दिरा मानन्धरले धर्मशान्ति नेपालले भूकम्प र बाढीपीडितलाई संस्थाले सहयोग गरेको जानकारी दिइन् ।

उनले धर्मशान्ति नेपालले समाजमा रहेका कुप्रथालाई हटाउन विभिन्न अभियान सन्चालन गरेको पनि जानकारी दिइन् ।

विश्व शान्तिका लागि सबैले एक–अर्काको धर्मको सम्मान गर्नुपर्नेमा अध्यक्ष मानन्धरले जोड दिइन् ।

कार्यक्रममा बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति त्रिरत्न मानन्धरले शान्ति सबै धर्मका लागि आवश्यक रहेको भन्दै शान्तिपूर्ण प्रयासबाटमात्र शान्ति सम्भव भएको बताए ।

सबै धर्मको सिद्धान्त एउटै भएपनि त्यो व्यवहारमा नदेखिएको बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति मानन्धरको भनाइ छ ।

उनले विश्व शान्तिका लागि सबै धर्मले देखाएको बाटो अवलम्बन गर्नुपर्नेमा जोड दिए ।