१० असार २०८२, मंगलबार | Tue Jun 24 2025


यी हुन् भोजपुरमा उम्मेदवारी दर्ता गराउने उम्मेदवार


0
Shares

टिकट वितरणमा ढिलाइ गरेका दलका उम्मेदवार जिल्लामा ढिला पुगेपछि मनोनयन अपराह्न दुई बजेबाटमात्रै सुरु भएको थियो ।

प्रदेशसभाका लागि दुई र प्रतिनिधिसभाका लागि एक निर्वाचन क्षेत्र रहेको भोजपुरमा वाम गठबन्धन र लोकतान्त्रिक गठबन्धनसँगै साना दललेसमेत मनोनयन दर्ता गराएका छन् ।

वाम गठबन्धका तर्फबाट प्रतिनिधिसभाका लागि माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य सुदन किराती, प्रदेशसभाका लागि क्षेत्र (क)बाट नेकपा एमालेका केन्द्रीय सदस्य राजेन्द्र राई, (ख)बाट पूर्वसन्चारमन्त्री शेरधन राईको मनोनयन परेको छ ।

त्यस्तै, लोकतान्त्रिका गठबन्धनबाट प्रतिनिधिसभाका लागि नेपाली कांग्रेसका महासमिति सदस्य उमेशजंग रायमाझी, प्रदेशसभाका लागि निर्वाचन क्षेत्र (क)बाट संघीय समाजवादी फोरम नेपालका अजम्बर राई काङमाङ, (ख)बाट नेपाली कांग्रेसका गोविन्द कार्कीको मनोनयन रहेको छ ।

यस्तै, प्रतिनिधिसभाका लागि मंगोल नेसनल अर्गनाइजेसनबाट चन्द्रप्रसाद राई, क्रान्तिकारी माओवादीका तर्फबाट डिल्लीराम बोहराको उम्मेदवारी परेको छ ।

प्रदेशसभाको क्षेत्र (क)मा स्वतन्त्र उम्मेदवार खुसीराज गुरुङ, मंगोल नेसनलबाट मोजेस राईलगायतको मनोनयन परेको छ ।