
आइतबार सेयर बजार परिसूचक नेप्से साढे ३ अंकले बढेर १५ सय ७१ विन्दुमा पुग्यो ।
कारोबार सुरुआती समयमा १५ सय ८६ विन्दुमा पुगिसकेको नेप्से मध्याह्नपछि भने ओरालो लागेको थियो ।
बिमा, होटल र व्यापार समूहमाबाहेक अरु कारोबार भएका सबै समूहमा सुधार आएसँगै नेप्से सामान्य अंकले बढेको हो ।
यसदिन कारोबार भने औसत नै रह्यो । १४६ कम्पनीका ८ लाख ७२ हजार बराबर कित्ता सेयर ३६ करोड ९३ लाख रुपैयाँ बराबरमा खरिद–बिक्री भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्