२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


निर्वाचनले अर्थतन्त्र चलायमान बनाउँदै, विकास निर्माण भने प्रभावित बन्ने


0
Shares

यसअघि, तीन चरणमा स्थानीय तहको निर्वाचन सम्पन्न भइसके । निर्वाचनले राजनीतिकरुपमा देशमा स्थीरता ल्याउने विश्वास गरिन्छ भने आर्थिक गतिविधिसमेत चलायमान हुन्छन् ।

तर, सरकार, राजनीतिक दल, कर्मचारीतन्त्र, निजी क्षेत्रसमेत निर्वाचनमा केन्द्रित हुने हुँदा विकास निर्माणका काम भने प्रभावित बन्नेछन् ।

वरिष्ठ अर्थविद् केशव आचार्य निर्वाचनले आर्थिक गतिविधिलाई चलायनमा बनाउने तर विकास निर्माणका काम भने प्रभावित हुने बताउँछन् ।

आइतबार हामीसित कुरा गर्दै उनले सबै क्षेत्र निर्वाचनमा केन्द्रित हुँदा पुँजीगत खर्च प्रभावित हुने बताए ।

देश निर्वाचनमय हुँदा सरकारीमात्रै होइन, निजी क्षेत्रलेसमेत नयाँ परियोजना सन्चालन नगर्ने हुँदा लगानी प्रभावित हुने उनको तर्क छ ।

निर्वाचनमा देशकेन्द्रित हुँदा लगानी नथपिने उनको भनाइ छ ।

समयमै निर्वाचन सम्पन्न भइसकेपछि भने राजनीतिक स्थायित्वसहित विकास निर्माणले तीव्रता लिने विश्वास गरिएको छ ।