
परम्परागत रुपमा धान, मकै र गहुँजस्ता अन्नबाली लगाउनुभन्दा व्यवसायिक माछापालन गर्दा बढी आम्दानी हुन थालेपछि किसानहरु त्यसतर्फ आकर्षित भएका हुन् । किसानले पोखरी निर्माण गरी माछापालन गर्न थालेपछि सिन्धुलीमा माछाको व्यापारसमेत फस्टाएको छ ।
कमलाखोंच क्षेत्र भएर बग्ने कमला र तावा नदीको तटीय क्षेत्रमा निर्माण गरिएका माछा पोखरीमा सधैं शुद्ध र सफा पानी बग्ने गरेकाले माछापालन फस्टाएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।
कमलाखोंच क्षेत्रका किसानले रहु, नैनी, भाकुर, सहर, कत्ला, मागुर र हिल जातका माछा पालन गर्दै आएका छन् । यहाँबाट वार्षिक २ हजार मेट्रिक टन माछा उत्पादन हुँदै आएको छ ।
प्रतिक्रिया दिनुहोस्