२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


वीरेठाँटीमा एक करोडको लगानीमा क्यानोनिङ सन्चालनमा


0
Shares

अन्नपूर्ण पदमार्गमा आएका पर्यटकको बसाइँ अवधि लम्ब्याउने उद्देश्यले वीरेठाँटी क्यानोनिङ प्रालिले साहसिक खेल क्यानोनिङ सन्चालनमा ल्याएको हो ।

करिब एक करोड रुपैयाँको लगानीमा क्यानोनिङसँगै रेस्टुरेन्ट पनि निर्माण गरिएको छ ।

स्थानीय चार युवाको लगानी रहेको क्यानोनिङमा पोखराबाट लाने–ल्याउने तथा खाने–बस्ने प्याकेजसहितको व्यवस्था पनि मिलाइएकोे सन्चालक विजय गुरुङले जानकारी दिए ।

४० र ५० मिटर लम्बाईका दुईओटा झरनामा सुरु गरिएको क्यानोनिङमा सातजना गाइड राखिएको छ ।

क्यानोनिङकाक्रममा सुरक्षित ड्रेसका साथै दुर्घटना बिमाकोसमेत व्यवस्था गरिएको कम्पनीले जनाएको छ ।

क्यानोनिङको मज्जा लिन नेपाली नागरिकले प्रतिव्यक्ति १५ सय र विदेशी नागरिकले २ हजार रुपैयाँ तिर्नुपर्नेछ ।