१७ असार २०८२, मंगलबार | Tue Jul 1 2025


सोमबार पुनः सेयर बजार ऋणात्मक


0
Shares

उतार–चढावबीच बजार परिसूचक नेप्से साढे ३ अंक बराबरले ओरालो लागेर १५ सय ६८ कायम भएर थामियो । अन्यबाहेक कारोबार भएका अरु सबै समूहमा गिरावट आयो ।

उत्पादनमूलक समूहमा सबैभन्दा उच्च ५७ अंकको कमी आयो । बिमा समूह पनि ५० अंकले झर्‍यो । विकास बैंक समूह पनि दोहोरो अंकले झर्दा अरु भने सामान्य अंकले ऋणात्मक रहेका हुन् । अन्य समूह भने १३ अंक बढीले उकालो लाग्यो ।

यसदिन नेपाल स्टक एक्सचेन्जमा १५६ कम्पनीका ८ लाख ८७ हजार कित्ता सेयर ४० करोड रुपैयाँ बराबरमा किनबेच भएको एक्स्चेन्जले जनाएको छ ।