२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


सोमबार पनि सुनको भाउ ओरालो


0
Shares

अन्तर्राष्ट्रिय बजार पच्छ्याउँदै यसदिन पनि स्थानीय बजारमा छापावाल सुनको मूल्य तोलामा २०० रुपैयाँले कमी आएर तोलाको ५५ हजार ८०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

तिहार बिदापछि आइतबार खुलेको सुन बजारमा पनि तोलामा ३०० रुपैयाँले कमी आएर तोलाको ५६ हजार रुपैयाँमा कारोबार भएको थियो ।

सोमबार चाँदीको भाउ भने तोलाको ७६५ रुपैयाँमा स्थीर रह्यो ।

अन्तर्राष्ट्रिय बजारमा सोमबार साँझसम्म सुन प्रतिऔंन्स १२ सय ७५ डलर हाराहारीमा कारोबार भएको थियो ।