२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


ललितपुर उद्योग वाणिज्य संघको अध्यक्षमा महर्जन निर्वाचित


0
Shares

संघको हालै सम्पन्न ३८औं वार्षिक साधारणसभापश्चात् भएको निर्वाचनबाट कृष्णलाल महर्जनको नेतृत्वमा आगामी दुई वर्षका लागि नयाँ कार्यसमिति चयन गरिएको संघले जनाएको हो ।

नयाँ कार्यसमितिको पदाधिकारीहरुमा वरिष्ठ उपाध्यक्षमा भरतलाल जोशी, उद्योगतर्फको उपाध्यक्षमा बालकृष्ण श्रेष्ठ, उपाध्यक्ष संस्थागततर्फ वीरेन्द्रलाल श्रेष्ठ छन् भने वाणिज्यतर्फ उपाध्यक्षमा रुपकुमार शाक्य निर्वाचित भएको संघले जनाएको छ ।