१७ असार २०८२, मंगलबार | Tue Jul 1 2025


उजुरी छानविनपछि निर्वाचन आयोगले आज उम्मेदवारको नाम सार्वजनिक गर्दै


0
Shares

आयोगले उम्मेदवारी मनोनयन दर्ता गरेकाहरुका विरुद्ध परेका उजुरी छानबिन गरी नामावली सार्वजनिक गर्ने तयारी गरेको हो । आयोगले सोमबार दिनभर सम्बन्धित जिल्लाका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारविरुद्ध उजुरी दर्ता गर्ने समय दिएको थियो ।

देशभर परेका उजुरीमाथि आज दिउँसो ३ बजेसम्म छानबिन गरी साँझ ५ बजेसम्म उम्मेदवारको नामावली सार्वजनिक गर्ने आयोगले जनाएको छ ।

पहिलो चरणअन्तर्गत आगामी मंसिर १० गते ३२ जिल्लाका प्रतिनिधि सभातर्फ ३७ र प्रदेश सभाका लागि ७४ सिटका लागि उम्मेदवारी दर्ता भएको थियो । प्रतिनिधि सभाको ३७ सिटका लागि ३ सय २३ जनाको उम्मेदवारी परेको छ । त्यसैगरी प्रदेश सभाको ७४ सिटका लागि ४ सय ८४ जनाको उम्मेदवारी दर्ता भएको निर्वाचन आयोगले जनाएको छ ।