२१ असार २०८२, शनिबार | Sat Jul 5 2025


छठका लागि बजारमा चहलपहल


0
Shares

छठपर्वमा केराको घरी अनिवार्य मानिएकाले केराको बिक्री–वितरणमा वृद्धि भएको हो ।

सदरमुकाम राजविराज, भारदह, बोदेबर्साइन, कन्चनपुर, फत्तेपुर, हनुमानगरलगायतका बजारमा केराको कारोबार बढेको पाइएको छ ।

छठमा हरेकले केराको घरी किन्ने भएकाले व्यापारमा वृद्धि भएको केरा व्यापारी शिवचरण मण्डलले बताए ।

बजारमा केरा किन्नेको भीड लागेको छ । प्रतिकेरा घरी रु २०० देखि रु ५०० सम्ममा बिक्री भइरहेको छ ।

सप्तरीमा छठमा करिब रु एक करोडको केरा बिक्री–वितरण हुने गरेको व्यापारीको भनाइ छ ।

डोम समुदाय चोया बनाउन व्यस्त
हिन्दू धर्मावलम्बीको महान् छठपर्व आजबाट सुरु भएसँगै सप्तरीका डोम समुदाय बाँस र बेतका चोया बनाउनमा व्यस्त रहेका छन् ।

अहिले डोम समुदायले भाँडाकुँडा बेचेर मनग्य आम्दानी गर्ने समय हो । छठपर्वमा प्रत्येक व्यक्तिलाई बाँसको भाँडाकुँडा पुर्‍याउन डोम जातिलाई सकस भएको छ । ती सामग्री बनाउन भ्याइ–नभ्याइ भएकोे छ ।

छठपर्वमा छठमाता तथा सूर्यदेवतालाई बाँस र बेतबाटै बनाइएका डालो, नाङ्लो र टालु–टपरीमा अद्र्य दिनुपर्ने भएकाले प्रत्येक परिवारमा पाँच/सातओटा बाँसका भाँडाकुँडा किन्नुपर्ने हुन्छ ।

राजविराजलगायतका विभिन्न ठाउँमा अहिले डोम समुदाय डालो, नाङ्लो र टालु–टपरीलगायतका समान विक्री–बितरण गर्नमा व्यस्त छन् । रासस