२० असार २०८२, शुक्रबार | Fri Jul 4 2025


वाम गठबन्धनलाई सकारात्मकरुपमा लिएका छौं : कमल थापा


0
Shares

उनको सम्मानमा राप्रपा मकवानपुरले मंगलबार हेटौंडामा आयोजना गरेको कार्यक्रममा अध्यक्ष थापाले भने–‘लोकतान्त्रिक शक्तिबीच गठबन्धन गरेर नेपालको लोकतान्त्रिक व्यवस्थालाई सबल र मजबुत् बनाउनु आजको अपरिहार्य आवश्यकता हो ।’

उपप्रधान एंव ऊर्जामन्त्रीसमेत रहेका अध्यक्ष थापाले विगतमा राजनीतिक स्थिरता र समृद्धि ल्याउन नसक्दा संविधान कमजोर भएको उल्लेख गर्दै देशमा आर्थिक समृद्धि ल्याउनका लागि आसन्न संघ र प्रदेशसभाको निर्वाचनमा लोकतान्त्रिक शक्ति एकजुट हुनुपर्ने बताए ।

‘लोकतान्त्रिक शक्तिको आगामी कार्यदिशा मुलुकमा आर्थिक क्रान्ति ल्याउनेतर्फ उन्मुख हुनुपर्दछ’–उनले भने–‘आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनमा राप्रपा र नेपाली कांग्रेसबीच चुनावी तालमेल हुन्छ ।’

यसैबीच, उपप्रधान एंव ऊर्जामन्त्री थापाले निर्माणाधीन कुलेखानी तेस्रो जलविद्युत केन्द्रको मंगलबार स्थलगत निरीक्षण गरे ।

सो अवसरमा उनले सन् २०१८ मार्च महिनासम्ममा विद्युत् उत्पादन गर्ने लक्ष्यका साथ कार्य गर्न ठेकेदार कम्पनी, प्राविधिक र सम्बन्धित निकायलाई निर्देशन पनि दिए । रासस