
नेपाल टेलिकम सूचीकृत अन्य समूह, बिमा र उत्पादनमूलक समूह उकालो लाग्दा पनि नेप्से सकारात्मक रहन सकेन ।
उतार–चढावबीच बजार परिसूचक नेप्से आधा अंक बराबरले ऋणात्मक रहेर १५ सय ६७ कायम भएर थामियो । अन्य समूह ४१ अंकले उकालो लाग्यो । बिमा समूह पनि दोहोरो अंकले सुधारियो ।
जलविद्युत्, विकास बैंक र होटल समूह दोहोरै अंकले ओरालो लागे । वाणिज्य बैंक समूहमा ९ अंकको कमी आयो । व्यापार र वित्त समूह नगन्य अंकले रातो रहे ।
यसदिन नेपाल स्टक एक्सचेन्जमा १५९ कम्पनीका १४ लाख ३३ हजार कित्ता सेयर ४७ करोड रुपैयाँ बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्