२१ असार २०८२, शनिबार | Sat Jul 5 2025


देउवा र दाहालबीच भेटवार्ता, के भयो कुरा ?


0
Shares

प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार भएको भेटवार्तामा निर्वाचनको तयारीकाबारेमा सरकारले गरिरहेको काम–कारबाहीकाबारेमा छलफल भएको थियो ।

भेटमा प्रधानमन्त्रीले देउवाले तोकिएको मितिमा नै प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन गराउन सरकार प्रतिबद्ध रहेको र त्यसमा कुनैपनि आशंका नगर्न आग्रह गरे ।

अध्यक्ष दाहालका प्रेस संयोजक मनोहरि तिमिल्सिनाकाअनुसार माओवादी केन्द्रका तर्फबाट सरकारमा सहभागी मन्त्रीहरु बिनाविभागीय भएपछिको अवस्थाकोबारेमासमेत कुराकानी भएको थियो ।

अध्यक्ष दाहालले सरकारमा सहभागी आफ्नो पार्टीका मन्त्रीले छाडिदिने जानकारी प्रधानमन्त्रीलाई गराएका थिए ।

‘सरकारलाई अप्ठ्यारो पार्ने उद्देश्य हाम्रो छैन, निर्वाचनको सुनिश्चितता नै प्रमुख प्रश्न हो, हामी त्यसमा प्रतिबद्ध छौं’–अध्यक्ष दाहालले भनेको कुरा उद्धृत गर्दै प्रेस संयोजक तिमिल्सिनाले जानकारी दिए ।

भेटमा निर्वाचनलाई शान्तिपूर्ण एवं भयरहित बनाएर लैजान सबै पक्ष मिलेर जाने विषयमासमेत छलफल भएको थियो । रासस