
काठमाडौं, पुस २० । नेपाली समाजमा ‘साइबर क्राइम’ बढ्दै गएपछि नेपाल प्रहरीले स्थानीय तह, विभिन्न सामाजिक संघ–संस्था र विद्यालयहरुसँग मिलेर जनचेतनामूलक अभियान सन्चालन गर्दै आएको छ ।
यसैक्रममा शुक्रबार ललितपुरको कुसुन्तीमा रहेको माछापुच्छ्रे स्कुलमा सचेतना कार्यक्रम आयोजना गरियो ।
सो अवसरमा प्रहरीले जानेर वा नजानेरै पनि विभिन्नखाले साइबर क्राइमहरु बढिरहेको भन्दै देश–विदेशबाट नेपालको ‘साइबर स्पेस’मा कम्प्युटर, मोबाइल र यसका विभिन्न नेटवर्कबाट आक्रमण हुनेक्रम नरोकिएको जनाएको हो ।
नेपाल प्रहरी, स्थानीय तह, समुदाय, सामाजिक संस्था र विद्यालयहरुबीच समन्वय गरी साइबर क्राइमकाबारेमा जनचेतना जगाउने काम भइरहेको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्