१७ असार २०८२, मंगलबार | Tue Jul 1 2025


दृश्य बद्लियो (भिडियो रिपोर्ट)


0
Shares

तर, पछिल्लो समयमा ठमेललाई सवारी–साधन निषेधित क्षेत्र बनाइएसँगै क्रमशः यसको तस्वीर पनि बद्लिन थालेको छ ।

यसै सातादेखि ठमेलको भित्री भागमा सवारी–साधन निषेध गरिएसँगै यहाँको दृश्य पनि बद्लिएको छ । सधैं चर्को सवारीचापका कारण हैरान हुने पैदलयात्रीहरु अहिले फुक्काजस्ता देखिएका छन् ।

ठमेलका सडक शान्त देखिएका छन् भने पैदलयात्री निस्फिक्रीसँग हिँडडुल गरिरहेका छन् । साँझपख सबैभन्दा बढी अशान्त हुने यो क्षेत्र साँझमा पनि शान्त छ, अहिले ।

ट्राफिक व्यवस्थापनमा समस्या देखिएपछि ठमेल पर्यटन विकास परिषदको पहलमा काठमाडौं महानगरपालिका, ट्राफिक प्रहरी महाशाखा, स्थानीयवासी र पर्यटन व्यवसायीको आपसी समझदारीमा ठमेल क्षेत्रलाई व्यवस्थित पैदलमार्ग बनाउने गरी यही आइतबारदेखि ठमेल क्षेत्रको भित्री भागलाई सवारी–साधनमुक्त गरिएको हो ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख डीआइजी सर्वेन्द्र खनालको संयोजकत्वमा ‘भेहिकल फ्री जोन’ समिति गठन गरेर जेपी स्कुल, सातघुम्ती र नरसिंहचोकबाट भित्र जान नपाइने व्यवस्था गरिएको हो ।

साँघुरो बाटोमा सवारी–साधनको चापका कारण पर्यटकहरुलाई आवत–जावतमै समस्या हुनुका साथै पर्यटन व्यवसायमासमेत नकारात्मक असर परेपछि यस्तो कदम चालिएको हो ।

सवारी–साधन प्रवेश रोकिएपछि पर्यटक र सर्वसाधारणहरुसमेत निर्धक्कसँग रमाइ–रमाइ पैदलयात्रा गर्न थालेका छन् ।

ठमेल पर्यटन विकास परिषदका अध्यक्ष समीर गुरुङ पनि यस व्यवस्थाले ठमेलको पर्यटन व्यवसायमा सकारात्मक प्रभाव पर्ने विश्वास व्यक्त गर्छन् ।

यहाँका व्यवसायीहरु पनि खुसी छन् । सुन्दर ठमेल बनाउन यसले मद्दत पुग्ने उनीहरुको भनाइ छ ।

नयाँ व्यवस्थाअनुसार एम्बुलेन्स, दमकल, सुरक्षालगायतका अत्यावश्यक सवारी–साधनबाहेक अरु कुनैपनि सवारी–साधन ठमेलको भित्री भागमा जान पाउने छैनन् ।

तर, ठमेलभित्रै बसोबास गर्ने स्थानीय बासिन्दाहरुलाई भने सवारीपासको व्यवस्था गरिने जनाइएको छ ।

लिच्छविकालीन भगवान बहाललगायत विभिन्न बहाबहीसमेत रहेको थँवहि क्षेत्र नै अहिलेको ठमेल हो ।

यस क्षेत्रलाई सामाजिक जनजीवनका दृष्टिले नेपालकै खुला क्षेत्रकारुपमा विदेशी पर्यटकहरुले लिने गर्दछन् ।

काठमाडौं महानगरपालिकाका १६, १७, २६ र २७ वडा रहेको ठमेल क्षेत्रमा बढी पर्यटक आउने समय असोज, कात्तिक र मंसिरमा दैनिक करिब चार हजारको हाराहारीमा पर्यटकको आवागमन हुने जनाइएको छ ।

भिडियो हेर्नुहोस्