२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


नेप्से १४ अंक बराबरले झर्‍यो


0
Shares

बजार परिसूचक नेप्से १४ अंक बराबरले झरेर १५ सय ५३ मा आएर थामियो । व्यापार र होटल समूहबाहेक अरु सबै समूह ओरालो लागेसँगै नेप्से पनि झरेको हो ।

बिमा समूहमा सबैभन्दा उच्च ३६ अंकले झर्‍यो । उत्पादनमूलक समूहमा २९ अंकले र जलविद्युत् समूहमा पनि २८ अंकको गिरावट आयो । अन्य समूमा पनि २१ अंकको कमी आयो । विकास बैंक र वाणिज्य बैंक समूहमा पनि दोहोरो अंकले कमी आयो । होटल समूह ३१ अंक र व्यापार समूह पनि ११ अंकले उकालो लागे ।

यसदिन नेपाल स्टक एक्सचेन्जमा १५९ कम्पनीका १४ लाख ४७ हजार कित्ता सेयर ४७ करोड रुपैयाँ बढीमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।