
डडेल्धुरा, पुस २० । डडेल्धुरा सदरमुकाम अमरगढीको बागबजारमा गएराति आगलागी हुँदा तीनवटा पसल जलेर नष्ट भएका छन् ।
अमरगढी–५ बागबजारमा लागेको आगोले पनेरु तरकारी पसल, स्काई फोटो स्टुडियो र एक होटल जलेकोे जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।
आगलागीको कारण खुल्न सकेको छैन । करिब १ घन्टापछि अमरगढी नगरपालिकाको दमकल, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो ।
प्रतिक्रिया दिनुहोस्