३० श्रावण २०८२, शुक्रबार | Fri Aug 15 2025


न्यायाधीश दीपकराज जोशी बिदामा


0
Shares

काठमाडौं, पुस २० । सर्वोच्च अदालतका न्यायाधीश दीपकराज जोशी आजदेखि बिदामा बसेका छन् ।

उनी सर्वोच्च अदालत प्रशासनलाई जानकारी दिएर बिदामा बसेका हुन् । उनी हिजो सर्वोच्च अदालत पुगे पनि कुनै जिम्मेवारी नपाएपछि हाजिर गरेर फर्किएका थिए ।

जोशी आगामी सोमबारसम्म बिदामै बस्नेछन् । त्यसपछि के गर्ने भन्नेबारे निर्णय लिन बाँकी रहेको बताइएको छ ।

जोशीलाई हिजो सर्वोच्च अदालतको वरिष्ठतम् न्यायाधीश र न्यायपरिषद्को सदस्यबाट समेत हटाइएको थियो । नयाँ प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले गत बुधबारदेखि नै उनलाई मुद्दाको पेशी तोक्न छोडेका थिए ।