
कांग्रेस निर्वाचन प्रचार समितिले काठमाडौंमा गरेको पत्रकार सम्मेलनमा निरंकुशता र अधिनायकवाद विश्वबाट परास्त भएकाले नेपालका कम्युनिष्ट पनि आगामी निर्वाचनबाट समाप्त हुने उपस्थित बक्ताहरुले दावी गरे ।
समितिका संयोजक बालकृष्ण खाँडले कांग्रेस सिध्याउन लागेका राणा, राजा आफैं समाप्त भएको भन्दै कांग्रेस सिध्याउन एकजुट भएका एमाले र माओवादी पनि सकिने चेतावनी दिए ।
उनले लोकतन्त्र मास्न खोज्ने एमाले र माओवादीको अभीष्ट कांग्रेसले पूरा हुन नदिने दृढता व्यक्त गरे ।
कम्युनिष्ट गठबन्धन कांग्रेसलाई चुनौति नभई अवसर बनेको भन्दै खाँडले प्रदेश र केन्द्रीय निर्वाचनमा बहुमत ल्याउने र सरकार बनाउने उद्घोष गरे ।
कांग्रेस निर्वाचन चाँहदैन भन्नेहरुले नै चुनाव भाड्ने षड्यन्त्रमा लागेको आरोप लगाउँदै खाँडले तोकिएकै मितिमा निर्वाचन हुनेमा विश्वस्त रहन आग्रह गरे ।
प्रतिक्रिया दिनुहोस्