धनकुटा, पुस २० । पूर्वको चर्चित पर्यटकीय स्थल धनकुटाको भेंडेटारमा आयोजित सातौं खाना महोत्सव सम्पन्न भएको छ ।
अंग्रेजी नयाँ वर्षको अवसरमा आयोजित तीन दिने महोत्सवमा १ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको आयोजकले जनाएको छ ।
सो अवधीमा ३० हजारभन्दा बढी आन्तरिक तथा बाह्य पर्यटक भेडेटार आएको आयोजक समितिका संयोजक जितेन्द्र रुम्दाली राईले जानकारी दिए । महोत्सवमा हेलिटुर, जातीय परिकार, घरेलु उद्योगबाट उत्पादित सामग्रीको व्यवस्था गरिएको थियो ।
महोत्सवमा २४ वटा स्टलमा स्थानीय खानाका परिकार, स्थानीय अर्ग्यानिक खेतीबाट उत्पादित तरकारी तथा फलफूलको प्रदर्शनी, हस्तकला, कृषि तथा घरेलु सामग्री प्रदर्शनीमा राखिएको थियो ।










प्रतिक्रिया दिनुहोस्