Logo ३० फाल्गुन २०८२, शनिबार | Sat Mar 14 2026


‘प्रत्यक्षतर्फको मतपत्र छपाइ सुरु’


0
Shares

रिपोर्टर्स् क्लबले शुक्रबार राजधानीमा आयोजना गरेको अन्तरक्रियामा उनले भने–‘पहिलो चरणमा हुने समानुपातिकतर्फको मतपत्र छापेर सकिएको छ, प्रत्यक्षतर्फको मतपत्र छपाइ आजबाट सुरु भयो ।’

डा. यादवले मतपत्र सम्बन्धित विज्ञसँग छलफल गरेर तयार पारिएको स्पस्ट गरे ।

उनले भने–‘प्रत्यक्ष र समानुपातिकको आधारमा दुई मतपत्र हुन्छ, प्रत्यक्षमा पहिलो ‘क’ खन्डमा प्रदेशसभा र ‘ख’ खन्डमा प्रतिनिधिसभा हुन्छ ।’

डा. यादवले राजनीतिक दल र सुरक्षा निकायबाट निर्वाह भएको भूमिका सरहानीय रहेको उल्लेख गर्दै मंसिर १० र २१ गते हुने निर्वाचनका लागि उच्चस्तरको सुरक्षा प्रबन्ध भएको विश्वास दिलाए ।

उनले ‘निर्वाचनसम्बन्धी अदालतको आदेश अहिलेसम्म आयोगले प्राप्त गरेको छैन’ भन्दै मतपत्र छपाइ नरोकिने र निर्वाचन निर्धारित् समयमै हुने स्पस्ट पारे । रासस