
कांग्रेस स्रोतका अनुसार कांग्रेस र राजपा– फोरम कार्यदल तहमा प्रदेश नम्बर २ मा एक क्षेत्र राप्रपालाई छोडेर बाँकी क्षेत्रमा पचास/पचास प्रतिशत भागबण्डा गर्ने गरी सहमतिको प्रयास भइरहेको छ ।
प्रदेश र प्रतिनिधिसभा दुवैतर्फ पचास–पचास प्रतिशतमा सहमति गर्न कांग्रेस लचक बने पनि राजपा–फोरमले अझै त्यसमा चित्त बुझाएका छैनन् ।
राजपा अध्यक्ष मण्डलका सदस्य राजकिशोर यादवले भोलिसम्म सबै क्षेत्रको कुरा टुंगिने बताउनुभयो ।
केही कुरा मिलिसकेको र केही बाँकी रहेको भन्दै उनले सबै विषयमा सहमति भइसकेपछि एकै पटक निर्णय सार्वजनिक गरिने जानकारी दिए ।
कार्यदल तहमा छलफल जारी रहँदा कांग्रेसले आफ्नोतर्फबाट उम्मेदवार चयन गर्ने कामसमेत गरिरहेको छ ।
केही दिनयता कांग्रेस संसदीय बोर्डको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा निरन्तर बसिरहेको छ ।
कांग्रेसले राजपा–फोरमसँगको क्षेत्र बाँडफाँड सकिना साथ बाँकी उम्मेदवारको चयन गर्ने गरी तयारी अन्तिम चरणमा पुर्याएको नेताहरुले बताएका छन् ।
स्रोतका अनुसार प्रतिनिधिसभातर्फ राप्रपालाई पाँच सिट दिने सहमति भइसकेको छ ।
जसमा झापा, मकवानपुर र पर्साका एक÷एक क्षेत्र, काठमाडौंको क्षेत्र नम्बर ९ वा ७ र बाँकेको एउटा क्षेत्र दिने सहमति बनेको छ ।
राप्रपा प्रजातान्त्रिकलाई चितवनको एउटा, धनकुटा, रुपन्देहीको एउटा र सिन्धुपाल्चोक क्षेत्र नम्बर २ दिने सहमति भइसकेको छ ।
प्रतिक्रिया दिनुहोस्