
स्थानीय तह निर्बाचनमाभन्दा यस पटक २ हजारभन्दा बढी महिला मतदाता थपिएका छन् ।
संघ र प्रदेशसभा चुनावका लागि पुरुषभन्दा महिलाको संख्या ६ हजार ७ सय १५ ले बढी रहेको निर्बाचन कार्यालय दाङले जनाएको छ ।
दाङमा एक लाख ७२ हजार ८ सय ३३ महिला र एक लाख ६६ हजार एक सय १८ जना पुरुष मतदाता रहेको छ । स्थानीय तह चुनावमा ४ हजार २ सय ५८ महिला मतदाता थिए ।
त्यस बेला एक लाख ४७ हजार ७ सय १४ जना महिला र एक लाख ४३ हजार ४ सय ५६ जना पुरुष मतदाता थिए ।
अब हुने संघ र प्रदेशसभा चुनावमा ३ लाख ३८ हजार ९ सय ५३ जनाले भोट हाल्ने गरी नामावलीमा नाम दर्ता गराएका छन् ।
१ सय ५१ मतदान स्थल र ३ सय ९४ वटा मतदान केन्द्रमा चुनाब हुने भएको छ ।
प्रतिक्रिया दिनुहोस्