Logo १३ श्रावण २०८३, बुधबार | Wed Jul 29 2026


कृषि क्रान्तिबाट १५ वर्षभित्र गरिबी उन्मूलन गर्ने एमालेको लक्ष्य : वामदेव


0
Shares

रुपन्देहीको मर्चवारमा सोमबार आयोजित सभा तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै नेता गौतमले मर्चवार जस्तो कृषि क्षेत्रलाई राज्यले उन्नत बनाउनुपर्नेमा जोड दिए । उनले भने, ‘यहाँका हरेक किसानलाई निर्वाहमुखीबाट व्यावसायिक बनाउनु हाम्रो लक्ष्य रहनेछ । कृषिका लागि आवश्यक सबै किसिमका वैज्ञानिक पद्धति अपनाएर कृषिबाट नै देशमा आमूल परिवर्तन गर्ने एमालेको लक्ष्य हो ।’

सो अवसरमा एमाले उपमहासचिव विष्णुप्रसाद पौडेलले मर्चवारको विकासका लागि एमालेले पहलकदमी गर्ने उद्घोष गरे । उनले वनगाइदेखि मर्चवार क्षेत्रमा शिक्षा, स्वास्थ्य, यातायात, रोजगारको विकाससँगै मर्चवारलाई कृषिको मुख्य क्षेत्र बनाइने र एक घर एक रोजगारका लागि सरकारी बजेटमा योजना तर्जुमा गर्न पहल गरिने बताए ।

कार्यक्रममा राष्ट्रिय जनता पार्टीका उपाध्यक्ष तथा पूर्वसांसद ओमप्रकाश यादव गुल्जारी एमालेमा प्रवेश गरे । उनीसहितका नेताहरुलाई एमाले उपाध्यक्ष गौतमले पार्टीमा स्वागत गरे । सो अवसरमा पूर्वमन्त्री गुल्जारीले मधेसी नेताले जनतालाई भ्रममा राखेर राजनीति गरेको आरोप लगाउँदै देश विकास र राष्ट्रियताको रक्षाका लागि एमालेको विकल्प नभएको बताए । रासस