९ असार २०८२, सोमबार | Mon Jun 23 2025


कमल थापा मकवानपुर–१, झापा–३ बाट लिङ्देन उम्मेदवार


0
Shares

पार्टी केन्द्रीय कार्यालयमा सोमबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले उक्त स्थानमा आफ्नो उम्मेदवारलाई जिताउन अन्य दलसँगसमेत सहकार्य तथा तालमेल गर्न सम्बन्धित जिल्ला समितिलाई जिम्मेवारी दिएको उपाध्यक्ष बुद्धिमान तामाङले जानकारी दिए ।

नेपाली कांग्रेसले पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलालाई उक्त स्थानमा उम्मेदवार बनाउन लागेपछि कांग्रेसको नेतृत्वमा गठन भएको लोकतान्त्रिक गठबन्धनबाट एउटै क्षेत्रमा दुई उम्मेदवारको प्रतिस्पर्धा हुन लागेको छ ।

उपाध्यक्ष तामाङकाअनुसार कांग्रेसले उक्त स्थानमा राप्रपालाई सहयोग गर्ने प्रतिबद्धता जनाएपछि चुनावी प्रचार–प्रसार सुरु भइसकेको अवस्थामा पार्टीले उम्मेदवार फिर्ता नगर्ने निर्णय गरेको हो ।

गठबन्धनमा सहभागी भइ अन्य स्थानमा पूर्ववर्ती सहमतिअनुसार अगाडि बढ्ने र गठबन्धनका साझा उम्मेदवारलाई जिताउन सहयोग गर्ने निर्णय गरिएको छ ।

कांग्रेसले सो स्थानमा पार्टी नेता तथा कार्यकर्ताबाट पूर्वमहामन्त्री सिटौलालाई उम्मेदवार बनाउन दबाब आएपछि उनको समानुपातिक सूचीमा रहेको नाम अघिल्लो दिन हटाएको थियो ।

राप्रपाले मकवानपुर–१ बाट अध्यक्ष कमल थापा, काठमाडौं–७ बाट विक्रमबहादुर थापा, बाँके–२ बाट ओमप्रकाश आजाद र दैलेख–१ बाट दीपककुमार शाहीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

बाँकी भएको जिल्लामा चाँडै उम्मेदवारको टुंगो लगाइने बताइएको छ । रासस