
काठमाडौं । हत्या मुद्दामा पूर्पक्षका लागि कैलाली क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राजपा नेता रेशम चौधरीले आज पदको सपथ ग्रहण गर्ने भएका छन् ।
सिंहदरबारस्थित प्रतिनिधि सभाका सभामुख कृष्णबहादुर महराको कार्यकक्षमा आज उनलाई सपथ ग्रहण गराउने तय भएको हो ।
साढे ११ बजे शपथको कार्यक्रम रहे पनि विविध कारणले दिउँसो ३ बजेलाई सारिएको छ ।
सभामुखका प्रेस सल्लाहकार डिल्ली मल्लले चौधरी जेलबाट सीधै सिंहदरबार आउने र सभाुमखको सभाकक्षमा शपथ ग्रहण गर्ने जानकारी दिए ।
कैलालीको टीकापुरमा भएको आन्दोलनका क्रममा २०७२ भदौ ७ गते एक बालक र एसएसपीसहित सात प्रहरीको हत्या भएको थियो ।
घटना भएको ३० महिनापछि फागुन १४ गते उनी कैलाली जिल्ला अदालतमा उपस्थित भएका थिए ।
सपथका लागि चौधरीलाई प्रहरीले सिंहदरबार पुर्याउने छ भने सपथपछि फेरि कारागार लगिने छ । सपथ लिए पनि चौधरी संसद बैठकमा उपस्थित हुने छैनन् ।
उनलाई निलम्बित सांसदको रुपमा रहनेछ छन् । उनीमाथिको मुद्धा पनि फिर्ता लिइने छैन ।
प्रतिक्रिया दिनुहोस्