३१ श्रावण २०८२, शनिबार | Sat Aug 16 2025


मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु


0
Shares

सुनवल, पुस १९ । नवलपरासी बर्दघाट सुस्ता पश्चिमको सुनवल नगरपालिका–४ ज्यामिरेमा गएराति मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाका ३५ वर्षीय विशाल गुरुङको उपचारको क्रममा पृथ्वीचन्द्र अस्पताल परासीमा मृत्यु भएको हो ।

गएराति सवा ११ बजे लु३०प २०६ नम्बरको मोटरसाइकल नियन्त्रण गुमाएर पल्टिएको थियो ।