२८ असार २०८२, शनिबार | Sun Jul 13 2025


राप्रपाका नेता पाण्डे भन्छन् :‘काँग्रेसले दिएको भोटले चुनाव जित्छु’


0
Shares

भरतपुर विमानस्थलमा आज सञ्चारकर्मीरुसँग कुरा गर्दै चितवन क्षेत्र नम्बर ३ का लोकतान्त्रिक गठबन्धनका उम्मेदवारसमेत रहेका पाण्डेले नेपाली कांग्रेसकै नेता तथा कार्यकर्ताको सुझाव र सल्लाहमा आफूले उम्मेदवारी घोषणा गरेको बताए ।

उनले क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेस र राप्रपा प्रजातान्त्रिकको संगठन राम्रो रहेकाले आगामी निर्वाचनमा आफ्नो जित सुनिश्चित भएको दाबी गरे ।

यही क्षेत्रबाट निर्वाचन लड्न लागेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल आफ्ना प्रतिस्पर्धी मध्येको एक भएको उनको भनाइ थियो ।