Logo १० कार्तिक २०८३, मंगलबार | Tue Oct 27 2026


पत्रकारले चलाएका फेसबुक, ट्वीटर, ब्लगको पनि अब अनुगमन


0
Shares

काउन्सिलको आयोजना तथा नेपाल पत्रकार महासंघ भक्तपुरको संयोजनमा मंगलबार भक्तपुरमा आयोजित ‘पत्रकार आचारसंहिता जागरण अभियान’ विषयको मिडिया संवाद कार्यक्रममा यस्तो बताइएको हो ।

कार्यक्रममा महासंघका अध्यक्ष तथा काउन्सिलका सदस्य गोविन्द चौलागाइँले सन्चारमाध्यम र सन्चारकर्मीले पूर्णरुपमा पत्रकार आचारसंहिता पालना गर्नुपर्नेमा जोड दिए ।

उनले भने–‘पत्रकारलाई समाचार लेख्दा निर्वाचन र उम्मेदवारलाई असर पर्ने समाचार नलेख्न र पत्रकारले चलाएका फेसबुक, ट्वीटर, ब्लगजस्ता सामाजिक सञ्जालमा त्यस्ता प्रतिक्रिया पोस्ट नगर्न आग्रह गर्दछौं ।’

पत्रकारका सामाजिक सञ्जाल पनि आचारसंहितामा पर्ने भएकाले काउन्सिलमा छुट्टै विभाग नै बनाएर अनुगमन थालनी गरिएको उनको भनाइ थियो ।

कार्यक्रममा काउन्सिलका अर्का सदस्य चेतनाथ धमलाले पत्रकारले सामाजिक सञ्जालमार्फत् पत्रकार आचारसंहिता उल्लंघन गर्नेगरी प्रतिक्रिया दिए वा पोस्ट गरे काउन्सिलले कारबाही गर्ने बताउँदै पूर्णरुपमा आचारसंहिता पालना गर्न पत्रकारलाई आग्रह गरे ।

भक्तपुरका जिल्ला न्यायाधीश भोजराज शर्माले सूचना वा समाचार तथ्यमा आधारित भइ निष्पक्षरुपमा सम्प्रेषण गर्नुपर्नेमा जोड दिँदै पेसागत आचरण एवं मान्यताविपरीत हुने काम–कारबाही गर्न नहुनेमा जोड दिए ।

कार्यक्रममा महासंघका केन्द्रीय उपाध्यक्ष दिलीप थापामगर, महासंघ भक्तपुरका अध्यक्ष पुष्करराज बुढाथोकी, महनगरीय प्रहरी परिसर भक्तपुरका प्रवक्ता कृष्ण प्रसाइँ, प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य सोम शर्मा बजगाइँलगायतले आचारसंहिता पत्रकारिता क्षेत्रको गहना भएको बताउँदै सत्यतथ्यमा आधारित रहेर निष्पक्ष समाचार लेख्न आग्रह गरे ।

काउन्सिलका निमित्त प्रशासकीय प्रमुख दीपक खनालले सहभागी पत्रकारलाई पत्रकार आचारसंहिताकोबारेमा जानकारी गराउँदै देशभरका पत्रकार आचारसंहिता कार्यान्वयन अवस्थाबारेमा जानकारी दिएका थिए । रासस

Skip This