Logo ८ पुस २०८२, मंगलबार | Tue Dec 23 2025


मुलुक राजनीतिक संक्रमणको अन्त्यतिर आइपुगेको छ : प्रधानमन्त्री देउवा


0
Shares

मंगलबार एक अपिल जारी गर्दै प्रधानमन्त्री देउवाले स्थानीय तहको निर्वाचनसम्पन्न भइसकेको तथा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको प्रक्रियासमेत सुरु भइसकेर मुलुक अब लामो राजनीतिक संक्रमणको अन्त्यतिर आइपुगेको उल्लेख गरेका छन् ।

प्रधानमन्त्री देउवाले अहिले समग्र देश प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको उत्सवमा रहेको उल्लेख गर्दै मंसिर १० र २१ गते हुने निर्वाचनपछि संविधान कार्यान्वयनको राजनीतिक कार्यसूची पूरा हुने अपिलमा उल्लेख छ ।

‘संक्रमणकालको अन्त्यपछि अब नेपाललाई विकासको नयाँ युगमा प्रवेश गराउनुपर्ने चुनौती हाम्रासामु छ । आर्थिक समृद्धिलाई राष्ट्रिय एजेन्डा बनाएर मुलुकलाई केही वर्षमै आर्थिक विकासमा निर्णायक बाटोतर्फ उन्मुख गराउनु हामी सबै लोकतन्त्रवादीहरुको साझा ध्येय हा’अपिलमा भनिएको छ ।

लोकतान्त्रिक शासनपद्धतिको सुदृढीकरण र द्रुतगतिको आर्थिक विकास पहिलो प्राथमिकताको विषय भएकाले बताउँदै उनले लोकतन्त्रवादी शक्ति फेरि एक हुनुपर्ने समय आएको बताएका छन् । रासस