Logo ८ पुस २०८२, मंगलबार | Tue Dec 23 2025


माओवादी नेता एवं बिनाविभागीय राज्यमन्त्री श्रेष्ठ कांग्रेसमा प्रवेश


0
Shares

राज्यमन्त्री श्रेष्ठसहित स्थानीय तह निर्वाचनमा माओवादीका तर्फबाट सर्लाहीको लालबन्दी नगरपालिकाका मेयर पदका उम्मेदवार इन्द्र योञ्जनलगायत २१ जना नेता–कार्यकर्ता कांग्रेसमा प्रवेश गरेका नेपाली कांग्रेस सर्लाहीका सभापति नागेन्द्र रायले जानकारी दिए ।

उनीहरु सबैलाई मंगलबार दिउँसो प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री निवास बालुवाटारमा एक कार्यक्रमकाबीच पार्टी प्रवेश गराएका हुन् ।

२०७० सालको निर्वाचनमा सर्लाही क्षेत्र नम्बर–१ मा नेकपा एमालेका तत्कालीन अध्यक्ष झलनाथ खनाललाई पराजित गरेका नेता श्रेष्ठलाई पार्टीमा भित्र्याउन कांग्रेस सर्लाहीका शीर्षस्त नेताहरु काठमाडौं पुगेका थिए ।

माओवादी छाडेर आएका नेता श्रेष्ठलाई कांग्रेसले आगामी मंसिर २१ गतेको निर्वाचनमा सर्लाही क्षेत्र नम्बर–१ बाट प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि टिकटसमेत दिएको छ ।

श्रेष्ठ ०७० सालको निर्वाचनमा कांग्रेसबाट टिकट नपाएपछि रातारात माओवादीमा प्रवेश गरेका थिए ।

आगामी निर्वाचनमा माओवादीबाट टिकट नपाउने सम्भावना देखेपछि उनी पुनः कांग्रेसमा फर्किएका हुन् ।

श्रेष्ठ प्रवेश गर्नुपूर्व कांग्रेसले सर्लाही क्षेत्र नम्बर–१ बाट नेता रामचन्द्र चौधरीलाई उठाउने चर्चा चलेको थियो ।